Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्थानीयको पहलमा गोपालीगाउँको पुरानो ढुङ्गेधारा मर्मत

मकवानपुर थाहा नगरपालिका वडा नं. ३ स्थित गोपालीगाउँमा रहेको ढुङ्गेधारा मर्मत तथा सरसफाई भएको छ । 

गोपालीगाउँको सेती गणेश मन्दिर नजिकै रहेको पुरानो ढुङ्गे धारा मर्मतका लागि थाहा–३ निवासी शम्भु विष्टले पाँच हजार रुपियाँ आर्थिक सहयोग गरेको शकुन्तला गोपालीले बताइन् । 

सरसफाई तथा धारा मर्मत सेति गणेश टोल सुधार समिति र स्थानीयहरुको सक्रिय सहभागी तथा पहलमा भएको हो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०