nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्काउट परिषद सदस्यहरुलाई बधाइ तथा शुभकामना

Screenshot_20240302_19101-1709386358.jpg

नेपाल स्काउट, भक्तपुर स्थानीय स्काउट परिषदको आयोजनामा हिजो शुक्रवार नवनियुक्त स्काउटका पदाधिकारी, आयुक्त तथा स्काउट परिषद सदस्यहरुलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको छ ।

भक्तपुर स्थानीय स्काउटका प्रमुख तथा उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्टिय आयुक्त, पदाधिकारी, परिषद सदस्य, प्रदेश स्काउट परिषद र स्थानीय परिषद सदस्यहरुलाई बधाइ ज्ञापन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रजनी जोशीले समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउटले महत्वपूर्ण भूमिका रहने बताइन । भक्तपुरलाई शिक्षाको गन्तव्य बनाउन नेमकिपाको घोषणापत्र अनुरुप कार्य गरिरहेको बताउँदै शिक्षालाई व्यवहारिक् । बनाउन र ज्ञानसहितको शिक्षा दिन स्काउट उपयोगी रहेको उनले बताइन ।

अहिलेको युगमा इन्टरनेटका नराम्रा पक्षहरुबाट बालबालिका र युवाहरुलाई जोगाउनका लागि स्काउटिङ्ग कक्षा अपरिहार्य रहेको बताइन् । नेपाल स्काउटका नवनियुक्त राष्ट्रिय आयुक्त महेन्द्र राज रञ्जितले नेपाल स्काउटको ऐनलाई प्रतिष्थापन गर्ने गरी नयाँ विधेयक सदनमा प्रस्तुत हुन गइरहेको बताए ।

जनतालाई अनुशासित बनाउन, स्वयंसेवी भावना जगाउनका लागि स्काउटको पाठ्यक्रम विकास गरिएको बताउँदै विभिन्न उमेर समूहका लागि नीतिहरु बनाइ सकेको बताए ।

स्काउटलाई सवल र सक्षम बनाउनका लागि स्थायी आयस्रोतका लागि स्थानीय स्काउटले कार्य गर्नुपर्ने बताए । कार्यक्रममा स्काउटका आयुक्त शिवराम अर्याल, पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्य, पूर्व तालिम आयुक्त भक्त राजभण्डारी स्काउको गरिमाका विषयमा चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा चाँगनारायण नगरपालिकाका आयुक्त राजकुमार जरेजु, मध्यपुर थिमीका आयुक्त तुल्सीहरी प्रजापति, सूर्यविनायक नगरपालिकाका आयुक्त कृष्मा थोकरलाई स्काउटका विकासमा लागिपर्ने बताए ।

भक्तपुर नगरपालिकाका आयुक्त बालकृष्ण बनमालाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय परिषदका सदस्यहरु रत्ना चवाल, कृष्णसुन्दर प्रजापति, मैयाँ त्वायनाबासुलगायतलाई सम्मान गरेको थियो । यसैंगरी बागमति प्रदेशका आयक्त शिवकुमार त्वायनासहित परिषद सदस्यहरुलाई पनि सम्मान गरेको थियो ।

राष्टिय प्रधान कार्यालयका आयुक्तहरु पनि सम्मानित भएको कार्यक्रममा भक्तपुरका चारवटै नगरपालिकाका परिषद सदस्यहरुलाई सम्मान गरिएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

Screenshot_20240302_19101-1709386714.jpg
Screenshot_20240302_19101-1709386843.jpg