nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सौराहाका नदीतटका होटल–रेस्टुरेन्ट डुवानमा
-कमल विष्ट

pppp-1625152368.jpg

चितवनको पर्यटकीय हब सौराहाको रिभरसाइडमा बाढी पसको छ । कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा पर्यटव व्यवसाय केही तङ्ग्रिएको सौराहामा अहिले बाढीले वितण्डा मच्चाएको छ । 

स्थानीय नदीमा पानीको बहाव बढेपछि नदी तटका होटल तथा रेस्टुरेन्टहरु डुबानमा परेका छन् । होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेपछि स्थानीयहरु अहिले सुरक्षित आश्रयस्थलतर्फ लागेका छन् । 

यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले नदी किनारमा बसोबास गर्ने नागरिकलाई थप सर्तक रहन अनुरोध गरेको छ ।

प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै चितवनको नारायणी, राप्ती, रिउलगायतका नदी तथा खोलामा बाढीको जोखिम थप बढ्दै गएकोले आवश्यक सतर्कता अपनाइ सुरक्षित स्थानमा बस्न अनुरोध गरेको हो ।

प्रशासनले नदीमा माछा मार्न, दाउरा खोज्न र पौडी खेल्न नजान विशेष निर्देशन दिएको छ । सूचनामा भनिएको छ, ‘ चितवनको विभिन्न नदीहरुमा जलसतह बढेर बाढीपहिरो र डुबानसहित कटान भइरहेको छ ।

मौसम पूर्वाअनुमान महाशाखाले अझ केही दिन निरन्तर पानी पर्ने अनुमान गरेकोले थप सतर्क रही सुरक्षित स्थानमा बस्नको लागि अनुरोध छ ।’ प्रशासनले कुनै पनि घटना घटेमा प्रहरीलाई वा जिल्ला आपतकालिन सञ्चालन केन्द्रमा सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।