nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सोलिड्यारिटीको २४ औं वार्षिक उत्सव सम्पन्न, वर्षैभरि कार्यक्रम गरिने

सोलिड्यारिटी ईन्टरनेसनल एकेडेमी उच्च मा.वि.ले विभिन्न कार्यक्रम गरी चौबिसौँ अभिभावक दिवस मनाएको छ ।  स्कूल २४ वर्ष पुरा गरी २५ वर्षमा टेकेको खुशियाली साटासाट गर्दै विशेष रुपमा अभिभावक दिवस मनाइएको स्कूलका संस्थापक ऋषिराम आचार्यले बताए ।

अभिभावक दिवसको अवसरमा विद्यार्थीहरुले रोचक नृत्य, नाटक लगायत सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा बोल्नुहुँदै विद्यार्थीहरुको चौतर्फी विकासको लागि व्यवहारिक शिक्षा लागु गर्नुपर्ने स्कूलका प्राचार्य रीना आचार्यले बताए । 

कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष मदनकुमार दाहाल, स्कूलका निर्देशक निमटोल्मा आचार्य, रस्सल एकेडेमीका संचालक प्रशान्त पाख्रिन लगायतको उपस्थिति रहेको थियो ।

२५ वर्ष पुगेको उपलक्ष्यमा वर्षै भरी केही न केही कार्यक्रमहरु गरिरहने संस्थापक आचार्यको भनाई छ । कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।