Saturday, 20th June, 2026
वि.स.

सेयर बजारमा नयाँ रेकर्ड

sm-1612694012.jpg

 साताको पहिलो दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले बजारमा नयाँ रेकर्ड राखेको हो । सेयर कारोबार मापक नेप्से परिसूचक ४८ दशमलव ७४ अंकले वृद्धि भएर २ हजार ५ सय २४ अंकमा पुगेको छ । जुन हालसम्मै उच्च हो ।

सेयर कारोबार रकम पनि १० अर्ब ४४ करोड रुपैयाँ नाघेको छ । यस अघि ९ अर्ब १५ करोड रुपैयाँ हाराहारीमा रहेको रेकर्ड तोड्दै आइतबार सेयर कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको हो ।

पछिले समय बजारमा देखिएको लगानीकर्ताको आकर्षणले दिनदिनै जस्तो नयाँ रेकर्ड राख्न थालेको मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष बताउछन् । पछिल्लो समय लगानीकर्ताहरु बजारप्रति सकारात्मक देखिएका छन् ।

बैंकको ब्याजदर सस्तो हुनुका साथै लगानी योग्य रकममा भएको पर्याप्तताका कारण पनि सेयर बजारलाई सकारात्मक असर परेको छ । सेयर बजारमा नयाँ रेकर्ड कायम भएपछि नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसा पौडेलले पनि खुसी व्यक्त गरेका छन् ।

नेप्से परिसूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड राख्नु खुसीको कुरा भन्दै उनले सामाजिक सञ्जालमार्फत लगानीकर्ताहरुलाई बधाई समेत दिएका छन् ।  आइतबार धेरै लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले कमाएका छन् ।

आधा दर्जन भन्दा धेरै लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य आइतबार १० प्रतिशतले वृद्धि देखिएको छ । अन्य धेरै कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०