Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

सेमेस्टरको परिक्षामा हेटौँडाकी पराजुली नेपाल प्रथम

 त्रिभुवन विश्वविद्यालयले लिएको बि बि एम आठौ सेमेस्टरको जाचमा मकवानपुर बहुमुखी क्याम्पसकी छात्रा रमनी पराजुली नेपाल प्रथम भएकी छिन् । मकवानपुरको हेटौडा उपमहानगरपालिका–११, नवलपुरकी उनले ३.९० जी पी ए ल्याएर नेपाल प्रथम भएकी हन् ।

यस अघि भएको सातौ सेमेस्टरको जाँचमा रमनी नेपाल तेस्रो भएकी थिइन् । बिबिएममा मकवानपुर बहुमुखी क्याम्पसले शतप्रतिशत रिजल्ट निकाल्न सफल भएको बताइएको छ ।