Saturday, 20th June, 2026
वि.स.

सुशासन सूचकांकमा नेपाल ४ स्थान खस्कियो

trans-1611815522.jpg

नेपाल सुशासनको सूचकांकमा गत वर्षभन्दा पनि खस्किएको छ । भ्रष्टाचारको अवधारणा सूचकांक ९सीपीआई० सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक अनुसार नेपाल ३३ अंकसहित गत वर्षभन्दा ४ स्थान तल झरेको छ ।

गत वर्ष ३४ अंकसहित नेपाल ११३औं स्थानमा थियो । यो वर्ष ३३ अंक पाउदा अरु ४ मुलुकले उछिनेर नेपाल ११७औं स्थानमा पुगेको हो । ट्रान्सपरेन्सी इन्टरनेसन नेपालका महासचिव मुकुन्दबहादुर प्रधानका अनुसार वर्ल्ड जस्टिस प्रोजेक्ट नामक संस्थाले गर्ने सर्वेक्षणमा नेपालको स्कोर कम आएको हो ।

यो संस्थाले राज्यका प्रमुख अंगहरुमा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोगबारे सर्वेक्षण गर्छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकांकअनुसार न्युजिल्यान्ड ८८ अंकसहित सुशासन कायम राख्ने मुुलुकहरुमध्ये पहिलो स्थानमा रहन सफल भएको छ । त्यस्तै डेनमार्क पनि ८८ अंकसहित सीपीआईको ऱ्याङ्किङमा पहिलो स्थानमै रहेको छ ।

दक्षिण एसियाली मुलुक भारत भने ४० अंकसहित ८६औं स्थानमा रहेको छ । दक्षिण एसियाकै अर्को मुलुक भुटान भने ६८ अंकसहित २४औं स्थानमा रहन सफल भएको छ । त्यस्तै मालदिभ्स ४३ अंकसहित ७३औं, ३८ अंकसहित श्रीलंका ९४औं, २६ अंकसहित बंगलादेश १४६औं र १९ अंकसहित अफगानिस्तान १६५औं स्थानमा रहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०