nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सुशासन र समृद्धिको लागि संचार विषयक पाँच दिने तालिम सम्पन्न

p-1614506004.jpg

पूर्वी चितवनको खैरहनी–८ मा फागुन ११ गते ९मंगलबार० बाट सुरु भएको सुशासन र समृद्धिको लागि संचार विषयक पाँच दिने तालिम शनिबार सम्पन्न भएको छ ।

मदन भण्डारी फाउन्डेसनको आयेजनामा भएको तालिममा मकवानपुर,चितवन सहित अन्य जिल्लाका गरी ३५ जनाको सहभागिता रहेको थियो । तालिममा २० देखि २५ वर्ष उमेर समूहका युवाहरुको सहभागिता रहेको छ ।

पाँच दिन सैदान्तिक र तीन महिना प्रयोगात्मक रुपमा हुने तालिममा डाक्टर कुन्दन अर्याल,घनश्यम कोईरला,पेम्बा लामा,बिमल पोखरेल,रामशरण प्याकुरेल,मिलन धरेल र अमरध्वज लामा,गोकुल घर्ती,कृष्ण राई,गणेश दुलाल,कल्याण रोका,महेन्द्र श्रेष्ठ र शिवकुमारी गोतामेले प्रशिक्षण दिएका थिए ।

शनिबार सम्पन्न पत्रकारिताको तालिमको पहिलो दिन ९मंगलबार० परिचयआत्मक कार्यक्रम सहित ५ दिने कार्यक्रममा सिकाईने विषयहरुको जानकारी सहित नेपालमा योजना तर्जुमा बारेमा, सरकारले स्थानीय तहलाई दिने अनुदानबारे र संचार तथा मिडिया साक्षरताबारे प्रशिक्षण दिईएको थियो ।

यसैगरि तालिमको दोस्रो दिन समचार लेखन,समाचारको पहिचान,विषयवस्तु,स्रोत र तथ्यको बारेमा प्रशिक्षण दिईएको थियो । दोस्रो दिनमै तत्कालिन एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेका जनताको बहुदलीय जनवाद ९जबज० सिद्धान्तसहित कम्युनिस्ट पार्टीको स्थापनादेखि हालसम्मको घटनाबारे र खोजमूलक पत्रकारताबारे प्रशिक्षण दिईएको थियो ।

यसैगरि तेस्रो दिन सूचनाको हक,संचार कानून र आचारसंहितामा पशिक्षण दिईएको थियो । तालिममा समावेशी अभ्यास र मिडिया सम्बन्धी प्रशिक्षण दिईएको थियो ।

यसैगरि चौथो र पाँचौ दिन सघियताको परिचय,अवधारणा,सुशासन र समृद्धिको बारेमा चर्चा,फोटोग्राफी तथा न्यू मिडिया र अनलाईन मिडिया बारे प्रशिक्षण दिईएको थियो ।

समापन कार्यक्रममा बोल्दै फाउन्डेसनकी केन्द्रीय सदस्य दिपक निरौलाले बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा पत्रकारिता तालिमको कार्यक्रम आयोजना गरिएको र फाउन्डेसनले प्रदेशका २ सय ५० जना युवाहरुलाई प्रशिक्षण दिएको जानकारी दिए । यसअघि बागमती प्रदेशको ११ जिल्लामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै उनले तालिमले व्यवसायिक पत्रकारिताको उत्पादनमा सहयोग हुने बताए । यसैगरि कार्यक्रममा बोल्दै फाउन्डन्सकी केन्द्रीय सचिव पेम्बा लामाले फाउन्डेसनको बारेमा जानकारी दिएकी थिईन् । उनले फाउन्डेसनले जनस्तरमा काम गरेको बताउँदै आउँदो दिनमा फाउन्डेसनको स्थानीय स्तरमा कमिटि विस्तार गर्ने योजना रहेको समेत बताईन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)