Saturday, 20th June, 2026
वि.स.

सुशासन तथा सामाजिक जवाफदेहिताका लागि अन्तरसंवाद कार्यक्रम

Sushasan-Program-(2)-1614179227.JPG

सुशासन तथा सामाजिक जवाफदेहिता प्रवद्र्धनका लागि सामाजिक जवाफदेहिताका औजारहरूसम्वन्धी रणनैतिक अन्तरसंवाद कार्यक्रम हेटौंडामा भएको छ । अमेरिकी सहयोग नियोग यूएसएआइडीको आर्थिक सहयोगमा डेक नेपाल र गैरसरकारी संस्था महासंघ मकवानपुरले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नागरिक समाज मञ्च मकवानपुरका कार्यसमिति, गैरसरकारी संस्थाका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रममा डेक नेपालकी परियोजना निर्देशक कोपिला डंगोलले सहजिकरण गरेकी थिइन् ।

कार्यक्रममा विकास, सुशासनको अवधारणा, मुख्य निकायहरू, आधारहरू, महत्व, प्रवद्र्धन रणनीति, योजना, प्रवद्र्धन र प्रत्याभूतिका उपाय, सामाजिक जवाफदेहिता लगायतका विषयमा प्रस्तुतिकरण गरिएको थियो । 

कार्यक्रममा गैरसरकारी संस्था महासंघ वागमति प्रदेश उपाध्यक्ष आरती पाठक, डेक नेपालका मकवानपुर कार्यक्रम संयोजक मानबहादुर वाइबा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०