nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सुरक्षित गर्भपतन सेवाका विषयमा सचेतनामुलक कार्यक्रम

Abortion-1568252000.gif

मनहरी गाउँपालिकाको दुर्गम क्षेत्रका महिलाहरुलाई सुरक्षित गर्भपतन सेवाका सम्बन्धमा सचेत पार्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

मनहरी गाउँपालिकामा महिला बालबालिका तथा वातावण सुधार केन्द्र (वोचिन्ड) ले आइपास नेपालसँगको सहकार्यमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि तथा सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् । वोचिन्डले जिल्लाका १० वटै स्थानीय तहलाई लक्षित गरी सुरक्षित गर्भपतनसम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने क्रममा मनहरी गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम राखेको हो ।

कार्यक्रममा जानकारी गराउँदै वोचिन्डका कार्यकारी निर्देशक उद्धव बानियाँका अनुसार जिल्लाका सबै स्थानीय तहका पछाडि पारिएका महिलाहरुलाई सचेत पार्ने काममा सहयोग गरिने जानकारी दिए । कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले सबै क्षेत्रको सहयोगबाट नै सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन सकिने भन्दै गैरसरकारी क्षेत्रको सहयोगको लागि धन्यवाद ब्यक्त गरिन् ।

कार्यक्रममा १ नं वडाध्यक्ष शिवप्रसाद खनाल, ४ नं वडाध्यक्ष ध्रुव खड्का, ५ नं वडाध्यक्ष शुभराज थिङ, ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, ८ नं वडाध्यक्ष दिलबहादुर स्याङ्तान, ९ नं वडाध्यक्ष साधुराम अधिकारी र कार्यपालिका सदस्यहरु पम्फा बस्नेत, कृष्ण बिडारी, राममाया चेपाङ लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वोचिन्डका कार्यक्रम संयोजक सुप्रिमा सापकोटाले गरेकी थिइन् ।



Abortion-1568252003.gif