Thursday, 18th June, 2026
वि.स.

सुन चाँदीको मुल्यमा गिरावट

gold-1599119304.jpg

विहिबार सुन चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ७ सयले घटेर प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस अघि बुधबार सुन तोलाको ९७ हजार २ सयमा कारोबार भएको थियो ।  त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै विहिबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ ।  चाँदी तोलामा २० रुपियाँले घटेर १ हजार ३४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०