Tuesday, 16th June, 2026
वि.स.

सुनसहित १० वटा खानीको अध्ययन र उत्खनन गर्न बोलपत्र

tama-1592500334.jpg

खानी तथा भूगर्भ विभागले रोल्पामा सुन खानीसहितका देशभरका १० वटा खानी अध्ययन तथा उत्खननका लागि लाईसेन्स दिने भएको छ ।

सुन, तामा, चुनढुंगा, नुन, कोइला, ग्रेनाइट र केओलिनसहितका १० वटा खानी क्षेत्रको अध्ययनका तथा उत्खननका लागि लाइसेन्स वितरण गर्न सार्वजनिक सूचना प्रकाशित गरिएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

दुई वटा चुनढुंगा खानी र एक-एक ओटा नुन तथा ग्रेनाइट खानी उत्खनन अनुमति दिन आवेदन मागिएको हो । यस्तै रोल्पाको सुनछहारी गाउँपालिकामा रहेको सुन खानीसहित दुईवटा चुनढुंगा खानी, नुन तथा ग्रेनाइट खानी एक-एक,तीनवटा तामा खानी, एक केओलिन र कोइला खानीका लागि भने अध्ययनका लागि मात्र बोलपत्र आह्वान गरिएको छ ।

खानीको उत्खनन तथा अध्ययन गर्न इच्छुक कम्पनीहरूले ३५ दिनभित्र आवश्यक धरौटीसहित आवेदन दिनुपर्ने विभागले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०