Saturday, 20th June, 2026
वि.स.

सुनचाँदीको मुल्य घट्यो

gold1-1610865508.jpg

 आइतबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ७ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मुल्यमा पनि तोलामा ३० रुपैयाले घटेको छ । आइतबार चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०