Tuesday, 1st September, 2026
वि.स.

सुनचाँदीको भाउ बढ्यो

gold1-1604211106.jpg

 सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ९५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलामा एक हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै आज चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । 

चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच भाउ महँगो भएर कारोबार फाट्टफुट्ट मात्रै भएपछि नेपालमा सुन आयात घटेको छ । यसअघि दैनिक १० किलोका दरले महिनामा विभिन्न बैंकले ३ सय किलोसम्म सुन आयात गर्ने गरेका महासंघले जनाएको छ । 

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif