Saturday, 20th June, 2026
वि.स.

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो

gold1-1609924269.jpg

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ।  पछिल्ला दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको हो। 

प्रतितोला ९६ हजार ४०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन बुधबार ३०० रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यस्तै तेजाबी सुन तोलाको ९६ हजार २०० रुपैयाँमा कारोवार भइरहेको छ।

यसैगरी चाँदीको मूल्यमा पनि  सामान्य वृद्धि भएको छ। चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ। प्रतितोला एक हजार ३४० मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०