Friday, 23rd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो

gold1-1609924269.jpg

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ।  पछिल्ला दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको हो। 

प्रतितोला ९६ हजार ४०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन बुधबार ३०० रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यस्तै तेजाबी सुन तोलाको ९६ हजार २०० रुपैयाँमा कारोवार भइरहेको छ।

यसैगरी चाँदीको मूल्यमा पनि  सामान्य वृद्धि भएको छ। चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ। प्रतितोला एक हजार ३४० मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg