nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सुनको मूल्य तोलामा ८०० ले बढ्यो

gold1-1613893336.jpg

 स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ८०० ले बढेको छ । छापावाला सुन तोलामा आइतबार ८०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा ८८ हजार २०० मा कारोबार भएको छापावाला सुन आइतबार ८९ हजारमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार ७५० मा कारोबार भएकामा आइतबार ८८ हजार ५५० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदी तोलामा एक हजार ३३० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा  एक हजार ३०५ मा शुक्रबार कारोबार भएको चाँदी आइतबार तोलामा २५ ले वृद्धि भएको हो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)