Friday, 19th June, 2026
वि.स.

सुनको भाउ ९० हजारमा झर्यो

gold1-1606723719.jpg

सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य सोमबार पनि तोलामा ७ सय रुपैयाले घटेको हो ।

आइतबार प्रतितोला ९० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार घटेर प्रतितोला ९० हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी सोमबार चाँदीको मूल्य पनि घटेको छ ।सोमबार चाँदीको मूल्य १ हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०