Friday, 19th June, 2026
वि.स.

सुनको भाउ ८ सय रुपैयाँले बढ्यो

gold1-1608277315.jpg

 सुनको भाउ आज ८ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ८ सय रुपैयाँले बढेर ९४ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको अस्थिरताका कारण सुनको भाउमा उतारचढाव आइरहेको छ । समग्रमा यो हप्ता सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको छ ।

हप्ताको पहिलो दिन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ हप्ताको अन्तिम दिन शुक्रबार आज ९४ हजार ३ सय रुपैयाँमा पुगेको छ । यस्तै यो हप्ता चाँदी पनि तोलामा ८० रुपैयाँले बढेको छ ।

गएको आइतबार तोलाको १२ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ८० रुपैयाँ पुगेको छ । यो भाउ हिजोकोभन्दा २५ रुपैयाँले धेरै हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०