Saturday, 20th June, 2026
वि.स.

सुनको भाउ सातामा ९ सय रुपैयाँले घट्यो

gold1-1616741603.jpg

 हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ शुक्रबार तोलामा ८६ हजार तीन सय रुपैयाँमा झरेको हो ।

समग्रमा भने यो हप्ता सुनको भाउ ९ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ शुक्रबार आज ८६ हजार तीन सय रुपैयाँमा झरेको हो । आइतबार ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार दुई सय रुपैयाँले घटेको  थियो । मंगलबार फेरि तोलामा तीन सय रुपैयाँले घटेर सुनको भाउ ८६ हजार सात सय रुपैयाँमा झरेको थियो ।

यो भाउमा बुधबार कुनै घटबढ भएन । तर बिहिबार भने तोलामा दुई सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँमा पुगेको थियो । यो भाउमा फेरि आज ६ सय रुपैयाँले घटेको हो ।  यस्तै यो हप्ता चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलाको १२ सय ८० रुपैयाँ रहेको चाँदीको भाउ आज अन्तिम दिन १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०