Saturday, 20th June, 2026
वि.स.

सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

gold1-1612169857.jpg

सोमबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो ।त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १ सय रहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेर तोलामा १४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०