Saturday, 20th June, 2026
वि.स.

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

gold1-1614849338.jpg

 सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको सुनको भाउको प्रभाव नेपाली बजारमा पर्दा मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर ८६ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।बुधबार सुनको भाउ पाँच सय रुपैयाँले बढेको थियो । आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५० रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको महासंघले जनाएको छ । बुधबार १३ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको प्रतितोला भाउ बिहीबार १२८५ रुपैयाँ तोकिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०