Saturday, 20th June, 2026
वि.स.

सुनको भाउ चार सय रुपैयाँले बढ्यो

gold1-1615701639.jpg

सातोको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ८६ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रहेको छ । त्यसैगरी आइतबार चाँदी भने स्थिर रहदै प्रतितोला १२ सय ७० मै कारोबार भइरहेको महासंघले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०