Tuesday, 16th June, 2026
वि.स.

सुनको भाउमा ऐतिहासिक गिरावट

sun-1597211372.jpg

सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ ।

एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । महासंघले तेजाबी सुनको कारोबार प्रतितोला मूल्य ९४ हजार ९ सय तोकेको छ ।

यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ ।कोभिड १९ विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मूल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०