nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

सिस्नेरी तथा फाखेल सडक साउन २२ बाट बन्द गर्ने चेतावनी

हेटौँडाबाट काठमाण्डौँसम्म जाने छोटो बाटोहरु सिस्नेरी तथा फाखेल सडकलाई बन्द गर्ने चेतावनी दिएको छ । उक्त बाटोमा मिनी ट्रक चलाउन प्रतिवन्ध लगाएपछि इन्द्रसरोबर मिनी ट्रक ब्यवसायी संघले बन्द गर्ने चेतावनी दिएका हुन् ।

इन्द्रसरोबर तथा फाखेलमा उत्पादन भएको तरकारी बोक्ने मिनी ट्रकलाई भीमफेदी स्थित प्रहरीले उत्त बाटोमा प्रवेशको रोक लगाएपछि ब्यवसायीहरु आन्दोलित भएका हुन् । गएको तीनहप्ताबाट मिनी ट्रकलाई रोक लगाईएपछि उनीहरुले अन्तिम विकल्पको रुपमा सडकनै बन्द गर्ने गरि आन्दोलनको तयारी गरेको ब्यवसायी तथा स्थानीय समेत रहेको शिवराज पौडेलले बताए ।

विनाकारण ब्यवसायीललाई मार पार्ने काम गरेको, मिनी ट्रक रोकिदा स्थानीय स्तरमा उत्पादन भएको तरकारी बोक्न समेत समस्या भएको उनको भनाई रहेको छ । उनीहरुले भोली बुधबारबाट आन्दोलनको तयारी गरेपनि स्थानीय प्रशासनले चासो नदिएपछि उक्त रुटभएर चल्ने हजारौ सबारी भोली साउन २२ बाट बन्द हुने अवस्थामा अएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)