Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सिस्नेरीमा तीज विशेष कार्यक्रम हुने

हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरीमा तीज विषेश कार्यक्रम हुने भएको हो । इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरी टेकरको नारायणथानमा हरितालिका तीजको दिन विहान १० बजे देखी कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष विकास अधिकारीले बताए ।
नारायणथान टोल विकास समिती सिस्नेरी टेकरको आयोजनामा संचालन हुने कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जानकारी दिए ।
दैनिक जसो मेलापात र घरधन्दामा ब्यस्त हुने महिलाहरुलाई मनोरञ्जन दिलाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको भए पनि उक्त कार्यक्रमबाट संकलन भएको आर्थिक रकम उक्त कार्यक्रममा भएको खर्च कटाई बाँकी हुने रकमलाई टोल बिकास मा र बाकी रकम सालिकराम फाउन्डेसन मा सहयोग गर्ने योजना रहेको टोल बिकास समितिका अध्यक्ष बिकास अधिकारीले बताए । 
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।