Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सिमभन्ज्याङमा हिउँ छैन, दामनमा पर्दै परेन

मकवानपुर थाहा नगरपालिकाको दामन सिमभनज्याङमा वर्षेनी हिउँ पर्छ । यहि हिउँमा लोभिएर पर्यटकको ओइरो लाग्छ । आन्तरिक तथा बाह्यि पर्यटकहरु हिउँ खेल्न कै लागि यहाँ आउँछन् । 

सिमभन्ज्याङमा १८ पौष साँझ खिचिएको फोटो फोटो: च्याङ श्रेष्ठ 

अरु बेलाकै जस्तै जाडो बढेपछि १८ पौष विहान करिब १० बजेतिरै सिमभनज्याङमा हिउँ फुसफुसायो । स्थानीयले फोटो खिचिहाले, फेसबुकमा पोष्ट्याए । भिडियो पनि अपलोड गरे । लाइक कमेन्टको ओइरो लाग्यो । आफ्ना र चिनजानकालाई फोन आउन थाल्यो–‘हिउँ परेको हो ?’ हो, हो... जवाफ । त्रिभुवन राजपथ हुँदै हिउँ परेको २÷३ घण्टासम्म यात्रा गर्ने यात्रुले हिउँ हेर्न र छुन पनि पाए । तर, अहिले सिमभनज्याङमा हिउँ छैन, दामनमा त परेकै छैन । 

दामनमा १८ पौष साँझ खिचिएको फोटो । फोटो: च्याङ श्रेष्ठ 

यसैवर्ष पनि २७ मंसिरमा पनि हिउँ छिट्याएको थियो । त्यो बेला पनि हिउँ परेको खबर सामाजिक सञ्जालमा भाइरल भयो, तर हिउँ खेल्न र हेर्न पुगेका पर्यटकहरु जिल्ल परे, फर्के । यो पटक पनि यस्तै भएको छ । हिउँ फुसफुसाउने वित्तिकै प्रचार लाग्नू पर्यटकका लागि घातक भएको दामनका व्यवशायी सुरथ अधिकारीले बताए । अलि राम्रो हिउँ जमेपछि प्रचार गर्नू राम्रो हुने अधिकारीको भनाइ छ । अहिले दामन सिमभन्ज्याङमा बाक्लो हुस्सु लागेको छ । हुस्सु लागेपछि हिउँ पर्ने संभावना टर्ने व्यवशायी अधिकारीको भनाइ छ । उनले भने,–‘हुस्सु फाट्यो र मौसम चिस्सियो भने हिउँ पर्ला ।’ 

दामनमा जस्तै सिमभन्ज्याङमा पनि चिसो बढेको छ । यस्तै मौसम रहे हिउँ पर्ने संभावना रहेको स्थानीय होटल व्यशायी च्याङ श्रेष्ठले जानकारी दिए । 

र, याे पनि पढ्रनुहाेस्

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)