nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

सिंहदरबारको डाटा हेटौंडामा, यस्तो छ तयारी

DATA-1557365497.jpg

हेटौंडामा निर्माण गरिएको डाटा सेन्टरबाट काम शुरु भएको छ । काठमाण्डौको सिंहदरबारमा रहेको केन्द्रीय डाटा सेन्टरको ब्याकअपका रूपमा हेटौँडाको हुप्रचौरमा डाटा सेन्टर निर्माण भएको हो । 

डाटा सेन्टर निर्माण भईसकेकाले अब यही बैशाख ३१ गते सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले उध्घाटन् गर्ने कार्यक्रम तय भएको छ । सिहदरबारको डाटा राखेर परिक्षण समेत गरिसकिएको छ । अहिले चार जना कर्मचारीले काम पनि सुरु गरिसकेका छन् । कोरिया अन्तर्रा्ष्ट्रिय सहयोग नियोग ९कोइका०को ३७ करोड रुपैयाँ लागतमा ठेक्का मार्फत सेन्टर निर्माणको काम सकिएको हो । अहिले चार जना मात्र कर्मचारी कार्यरत भएपनि १९ जना कम्युटर इन्जिनियर लगायतका प्राबिधिक कर्मचारी छनौटको काम सकिएको र केहीदिनमा काम छनौट भएका कर्मचारीले काम सुरु गर्ने राष्ट्रिय सूचना प्रबिधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले बताए । डाटा सेन्टर निर्माण गरेर कोरीयाले हस्तान्तरण गरिसकेको र ब्याकपका रुपमा डाटा राख्नका लागि उपयुक्त भइसकेकाले उध्घाटन्को काम गरिने उनले बताए ।निर्माण गर्नका लागि पहिलेनै तयार भएपनि २०७२ सालको भुकम्पपछी यसको कामलाई बढी प्राथमिकताका साथ काम भएको पौडेलले बताए । 


सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचनाको सुरक्षा र तिनीहरूको व्यावसायिक विवरणमा सेन्टरले सहयोग गर्ने उहाँको भनाई छ । हेटौँडाको हुप्रचौरस्थित पहिलेको नगर विकास समितिको १० कठ्ठा जग्गामा डाटा सेन्टर निर्माण भएको हो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)