nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सामुदायिक वन महासंघको शुभकामना कार्यक्रम

fecofun-1475660315.jpg

सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, छठ पर्व र नेपाल सम्बत्को नयाँ बर्ष ११३७ को शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । कार्यक्रम जिल्ला बन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्य तथा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमायाँ स्याङ्गतानको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा मध्य क्षेत्रीय बन निर्देशनालय, जिल्ला बन कार्यालय, सामूदायिक उपभोक्ता समूह, सामुदायिक बन उपभोक्ता महासंघका प्रतिनिधी लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का प्रेमबहादुर पुलामी, राप्रपा नेपालका कृष्ण बिडारी, नेकपा मालेका उद्धवप्रसाद अधिकारी, मध्य क्षेत्रीय बन निर्देशनालयका अमरेन्द्रकुमार लाल, केयर नेपालका सन्दीप शर्माले शुभकामना व्यक्त गरेका थिए । 

त्यस्तै, फेडवासनकी रुपा खुलाल, मकवानपुर बन प्राबिधिक समाजका अच्यूतप्रसाद उपाध्याय, नारीसिप सृजना केन्द्रकी उमा सुवेदी लगाएत सहभागी सबैले शुभकामना आदनप्रदान गरेका थिए ।