nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सामाजिक अभियान चलाउन क्षमता विकास तालिम 

सामाजिक कार्यकर्ताका लागि सामाजिक अभियानको योजना र व्यवस्थापनबारे जानकारी दिने उद्देश्यका साथ हेटौंडामा आजबाट २ दिने तालिम सुरु भएको छ । मकवानपुर महिला समूहका उपाध्यक्ष राधिका चौलागाईंको अध्यक्षतामा सुरु भएको तालिम उद्घाटन कार्यक्रममा समूहकी कार्यक्रम संयोजक निशा लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा अभियानको परिचय, उठान गर्न सकिने सामाजिक विषयवस्तु, अभियानकर्मीका लागि आवश्यक योजना, नीति नियमको जानकारी तथा अभियानकर्मीको भूमिका जस्ता विषयमा छलफल भएका छन् । कार्यक्रममा प्रशिक्षक नुरजंग शाहले सहजीकरण गरिरहनु भएको छ । 

मकवानपुर महिला समूहको आयोजना एवम् एक्सन एड्को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन कार्यक्रम सञ्चालन भएको हो । तालिममा मकवानपुर महिला समूहमा आबद्ध कर्मचारी तथा समुह र समुदायका अभियानकर्मीहरु गरी करिब २५ जना सहभागी भएका छन् ।

शुभलक्ष्मी विक



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)