Sunday, 14th June, 2026
वि.स.

साधना लघुवित्तको नाफा १ करोड १४ लाख १६ हजार

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक वर्ष २०७५/०७६ को तेस्रो त्रैमासिक प्रगति सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रु. १ करोड १४ लाख १६ हजार खुद मुनाफा आर्जन गरेको छ । 

गोरखा जिल्लाको गोरखा नगरपालिका हरमटारीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्त अघिल्लो वर्षको यही अवधिमा २८ लाख ५३ हजार खुद घाटामा रहेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा रु ८९ लाख १७ हजार संचालन मुनाफा गरे सस्थाले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

लघुवित्तले व्यवसायिक स्तरमा पनि उत्कृष्ट प्रगती प्राप्त गरेकै कारण खुद ब्याज आम्दानी रु. ३ करोड १९ लाख ४८ हजार पुर्याएको छ । अघिल्लो बर्षको यही अवधिमा १५ लाख ८० हजारमा सिमित रहेको थियो यसै गरी समिक्षा अवधिमा १६ करोड ८१ लाख बचत संकलन गरी ५९ करोड ९४ लाख उनान्नबे हजार सापटी लिएर ८१ करोड ५३ लाख छत्तिस हजार कर्जा परिचालन गरेको छ ।

कुल ४ करोड ९० लाख चुक्ता पूँजी रहेको यो कम्पनीको खराब कर्जा शुन्य ।०२ प्रतिशत रहेको छ । त्यस्तै समिक्षा अवधिमा कस्ट अफ फण्ड ११।३७ प्रतिशत रहेको छ भने तरलता अनुपात ८।२६ प्रतिशत रहेको छ । अन्य लघुवित्त नपुगेको क्षेत्रलाई कार्यक्षत्र बनाएको लघुवित्तले शाखा संचालन कार्यलाई आक्रमक रुपमा बिस्तार गर्दै आएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०