nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सातौ साधारणसभाः कुन्छाल सहकारीप्रति विश्वास बढ्दो

मकवानपुर थाहा नगरपालिका वडा नं. १ का रहेको कुन्छाल बचत तथा ऋण सहकारी संस्था लि.को सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुन्छाल गुठी घरमा भएको साधारणसभा संस्थाका अध्यक्ष हेरमान गोपालीको अध्यक्षतामा भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा ब्रवाराहीका सभापति तथा कुन्छाल होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी गोपालीको सभाध्यक्षतामा प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीय समाजसेवी विष्णु गोपाली, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका राम कार्की, कार्य समिति सदस्य सीताराम गोपाली, लेखापढी व्यवशायी संघका अध्यक्ष रामप्रसाद गोपाली, संस्थापक अध्यक्ष सीताराम गोपालीलगायतले शुभकामना व्यक्त गरेका थिए । 

सभामा संस्थाका अध्यक्ष हेरमान गोपाली, सचिव निराजन गोपाली, कोषाध्यक्ष न्हुच्छेमान गोपालीले प्रस्तुत गर्नु भएको प्रतिवेदन सभाले पास गरेको छ । सभाको कार्यक्रम संचालन सचिव निराजन गोपालीले गरेका थिए । कुल २ सय ७१ शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी १४ लाख ८० हजार रुपियाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा करिब २७ लाख रुपियाँको कारोबार गरेको छ भने ७ हजार ७१५ रुपियाँ नाफा गरेको छ । 

बज्रवाराहीमा स्थापना भई संचालन जोखिममा परिसकेको यो सहकारीको पछिल्लो समय सक्रियता बढेको छ भने नाफा कमाउन समेत सक्ष्म भएको सहकारी हो । अहिले यो सहकारीप्रति विश्वास र आकर्षण समेत बढ्दै गएको छ । 

सहकारीको वार्षिक साधारणसभाको अवसरमा संस्थाको २२ जना उच्चतम शेयर सदस्यहरुलाई सम्मान गरिएको छ । सभाको अवसरमा नेवारी बाजागाजा समेत बजाइएको थियो ।