Tuesday, 16th June, 2026
वि.स.

साउन ४ देखि नदीको बहाव बढ्ने, सतर्क रहन सरकारको आग्रह

badhi-1594896235.jpg

सरकारले साउन ४ गतेदेखि नदीमा पानीको वहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ५ गतेदेखि ९ गतेसम्म प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का विभिन्न नदी र चुरे तथा तराई बहने नदीमा पानीको वहाव बढ्नेछ ।

कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बाढी आउन सक्ने प्राधिकरणको अनुमान छ ।साउन ४ गतेपछिका ५ दिन सतर्क रहन र बाढी र मौसमको पूर्वानुमानबारे जानकारी लिन प्राधिकरणले भनेको छ ।

बिहीबार नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा सामान्य वहाव बढ्ने तर खतरामूलक नहुने प्राधिकरणको भनाइ छ । त्यस्तै कोशी र यसका सहायक नदीहरु भोटेकोशी, सुनकोशी, बलेफी, तामाकोशी लगायतका नदीमा पनि पानीको वहाब बढ्ने तर खतराको तहसम्म नपुग्ने जनाइएको छ ।

बाढी, पहिरो र डुवाका कारण गत जेठ ३० देखि साउन १ गतेसम्म पहिरोबाट ९७ र बाढीबाट ३ जनाको मृत्यु भएकोछ । बाढी र पहिरोका कारण ४७ जना बेपत्ता भएका छन् भने ८४ जना घाइते भएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०