nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

साउन ११ मा शताब्दीकै लामो चन्द्रग्रहण

साउन ११ गते यस शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । शुक्रबार राति २ बजेर ९ मिनेटमा शुरु हुने ग्रहण शनिबार बिहान ४ बजेर ४ मिनेटमा समापन हुनेछ । ग्रहण नांगो आँखाले हेर्न सकिनेछ । ग्रहण लागेको समयमा आउने किरणहरु हानिकारक नहुने ज्योतिष विज्ञानले जनाएको छ ।

तर गर्भवतीले भने गर्भमा हुर्कँदै गरेको बच्चाको स्वास्थ्यलई मध्यनजर गर्दै चन्द्रग्रहण हेर्दा ध्यान दिनुपर्ने बताइएको छ । चन्द्रग्रहणको समयमा अन्न, पानी खान नहुने शास्त्रमा उल्लेख छ । ग्रहणका समयमा कुनै पनि तामाको भाँडामा पानीसहित तुलसी पात र कुश राखेमा यसको कुनै प्रभाव नपर्ने कुरा बताइएको छ । यसरी राखिएको पानी चन्द्रग्रहण समाप्तपश्चात् फेर्नु पर्ने हुन्छ ।

के के गर्न हुँदैन चन्द्रग्रहणका बेला ?

वैज्ञानिक अनुसन्धानअनुसार चन्द्रग्रहणका बेला मान्छेको पाचन शक्ति कमजोर हुने गर्छ । त्यसबेला शरीरमा दुषित पानी र अन्न पर्न गए बिरामी हुने सम्भावना रहन्छ । त्यसैले यो समयमा खाना बनाउन र खान त्यति उचित नहुने शास्त्रमा उल्लेख छ । कुनै पनि ग्रहणको समयमा पतिपत्नी बीचमा शारीरिक सम्बन्ध पनि राख्नु हुँदैन । शारीरिक सम्बन्ध हुँदा गर्भ बस्न गए त्यस्तो बच्चाले जीवनमा धेरै ठूला समस्या झेल्नु पर्नेछ । कुनै बच्चा जन्मजात अपाङ्गसमेत जन्मिन सक्छन् ।

ग्रहणका समय नुहाउने, दाँत माझ्ने कार्य गर्नु हुँदैन । ग्रहणका बेला पिशाबसमेत फेर्न नहुने बताइएको छ । ग्रहण अवधिभर गर्भवतीहरु ग्रहणको छायाँबाट बच्नुपर्छ । ग्रहणको छाँया महिलाको शरीरमा पर्न गए गर्भमा रहेको शिशुलाई असर पर्न सक्छ । ग्रहण लागेका बेला ओच्छ्यान अथवा अन्य कुनै ठाउँमा सुत्नु हुँदैन । गर्भवती, वृद्ध तथा बच्चा भने आराम गर्नसक्ने शास्त्रमा बताइएको छ ।

ग्रहणका बेला गर्भवतीले केही खानु परे तुलसीको पत्ता र कुश राखेर शुद्ध पारेर मात्र खान मिल्ने छ । कुनै पनि ग्रहणका समयमा कपाल तथा नङ काट्नु हुँदैन । सिलाइबुनाइसमेत ग्रहण अवधिमा गरिनु अशुभ मानिन्छ । ग्रहणको समयमा घर, कार्यालयमा कुनै शुभ कार्य गर्नु उचित हुँदैन ।

ग्रहणका समय देवी देवताको पूजा गर्नु अशुद्ध मानिन्छ । ग्रहण अवधिभर सम्पूर्ण मठमन्दिरमा पूजाआजा निषेध गरिन्छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)