Sunday, 30th August, 2026
वि.स.

साँढे ३३ किलो गाँजासहित भारतीय नागरिक हेटौंडाबाट पक्राउ

gaja-1581861015.jpg

मकवानपुर प्रहरीले लागूऔषध गाँजा सहित एक जना भारतिय नागरीक पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुका प्रहरी प्रमुख राजेश कुमार यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले जे एच ०९ ए ८३६१ (JH09 A 8361) नम्बरको भारतीय कारमा रोकी कारमा सवार भारत, पश्चिम चम्पारण जिल्ला, वेतिया गौरीकोट बस्ने बर्ष ४० को भगवान यादवलाई लागू औषध गाँजा सहित पक्राउ गरिएको हो।

३ फागुनमा मनहरी तर्फबाट हेटौंडातर्फ आउदै गरेको उक्त्त कारलाइ चेकजाँच गर्दा कारको सिटमुनी लुकाइ छिपाई ल्याएको ३० किलो ६०० ग्राम र एक्स्ट्रा टायर भित्र ३ किलो गरी जम्मा ३३ किलो ६०० ग्राम लागू औषध गाँजा फेलापरेकोमा प्रहरी प्रमुख यादवले कार सहित भगवान यादवलाई नियन्त्रणमा लिएका हुन।

भगवान यादवलाई गाँजा र कार सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०