nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

साँढे १६ किलो गाँजा सहित तीनजना मकवानपुरमा पक्राउ

मकवानपुर प्रहरीले साँढे १६ किलो गाँजा सहित ११ कात्तिकमा तीनजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका २९ स्थित चेकपोष्टमा दाङ तुल्सिपुरबाट काकडभिट्टातर्फ जादै गरेको ना ६ ख ३५७३ नम्बरको यात्रुबाहक बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार मकवानपुर नामटार गाविस ६ का ३० वर्षिय ज्ञान बहादुर मोक्तानलाई साँढे पाँच किलो लागू औषध गाँजा सहित पक्राउ गरेको छ । 
चेकजाँचकै क्रममा सोही बसमा सवार नामटार ६ का १७ वर्षिय हित बहादुर ब्लोनलाई ४ किलो ५०० ग्राम र महोत्तरी खैरामारा ६ बस्ने ४८ वर्षिय नवलकिशोर चौधरीलाई ६ किलो ५०० ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता बामदेब गौतमले जानकारी दिए । पक्राउ परेका तीनै जनाको आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
त्यस्तै प्रहरीले हेटौडानगर क्षेत्रमासंचालित अटो–रिक्सा तथा ई–रिक्साहरुलाई चेकजाँच गर्ने क्रममा सवारी चालक अनुमति पत्र बिना सवारी साधन चलाउने ७ वटा रिक्सालाई आवश्यक कारवाहिको लागी नारायणी अंचल यातायात व्यवस्था कार्यालय, सेवा केन्द्र हेटौडामा पठाईएको जनाएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)