Saturday, 20th June, 2026
वि.स.

सशस्त्र प्रहरी गण मुख्यालयको भवन मुख्यमन्त्री पौडेलद्वारा उद्घाटन

prahari1-1612938147.jpg

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा(१५ मा रहेको सशस्त्र प्रहरी गण मुख्यालय रातोमाटेको हाताभित्र नवनिर्मित भवनको उद्घाटन गरेका छन् । बागमती प्रदेश सरकारको ४ करोड ३९ लाख २२ हजार ७ सय ११ रूपैयाँ लागतमा २०७५ जेठ ३ गते ठेक्का सम्झौता गरी १६ कोठे ब्यारेक भवन निर्माण भएको हो ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेश प्रदेशका प्रमुख सचिव मान बहादुर विके, आन्तरिक मामिला तथा कानुन मन्त्रलय सचिव मदन भुजेल, मध्यपृतना मुख्यालयका उपरथी अशोककुमार सिग्देल, बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त कुमार लामा, राष्ट्रिय अनुसन्धानका बागमती प्रदेशका निर्देशक सुमन बैद्य, मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर, शसस्त्र प्रहरी १४ नम्बर गण हेटौंडाका एसपी निरकृष्ण अधिकारी, गणका प्रमुख प्रहरी उपरीक्षक केदार खनाल, नेपाल प्रहरी भौतिक पुर्वाधार शाखाका एसपी ईश्वर थापा लगायतकाको उपस्थिति रहेको थियो।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०