Saturday, 20th June, 2026
वि.स.

सशस्त्र प्रहरीद्वारा १८ किलो अवैध गाँजा बरामद

ganja-1616743030.jpg

 सप्तरीको बलान बिहुल गाउँपालिका - २ बाट १८ किलो अवैध गाँजा बरामद गरिएको छ । सशस्त्रका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर खड्काको कमाण्डमा सीमा सुरक्षामा खटिएको टोलीले अवैध गाँजा बरामद गरेको हो ।

बलान बिहुल गाउँपालिका -२ हुँदै बग्ने दक्षिण बलान नदीबाट भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर अपराधी गाँजाको पोका फाली सिरहा तर्फ भागेका  थिए । त्यसरी फालेको तीन ओेटा गाँजाको पोका बरामद गरेर ल्याएको प्रमुख प्रहरी निरीक्षक लाल बहादुर खड्काले बताए।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०