Monday, 15th June, 2026
वि.स.

सवारी दुर्घटनाबाट मकवानपुरमा ८ महिनामा ६० जनाको मृत्यु

accident-1584347240.jpg

मकवानपुरमा सवारी दुर्घटना बृद्धि मात्र नभई सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको छ । चालु आ.व.को दोस्रो चौमासिक अर्थात ८ महिनामा ६० जनाले सवारी दुर्घटनाका कारण ज्यान गुमाएका छन् । चालु आ.व.को साउनमा ९, भदौमा ११, असोजमा ५, कात्तिकमा ३, मंसिरमा ५, पुषमा ९, माघमा ८ र फागुनमा १० गरी कुल ६० जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।
 मृत्युहुने मध्ये ५० जना पुरुष, ७ जना महिला, २ जना बालिका र १ जना बालक रहेका छन् । यो संख्या गत आ.व.को तुलनामा अधिकतम रहेकोे छ । चालु आ.व.को ८ महिनामा नै गत आ.व. २०७५/०७६ को १२ महिनामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको कुल संख्या भन्दा बढीको मृत्यु भइसकेको छ । गत ३ आ.व.को तथ्याङ्कको तुलनामा पनि चालु आ.व.को सवारी दुर्घटना परेर मृत्यु हुनेको संख्या अत्याधिक रहेको छ । आ.व. २०७३/०७४ मा मकवानपुरमा ६६ जना, आ.व. २०७४/०७५ मा ५८ जना र आ.व. २०७५/०७६ मा ५३ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको जनाइएको छ ।

 बढ्दै गएको सवारी चाप, साघुँरो सडक, ग्रामिण क्षेत्रमा अव्यवस्थित सडक, आवश्यक पुर्वाधारको कमी, सवारी चालकको लापरवाही, ओभरलोडका कारण सवारी दुर्घटना बृद्धि हुदै गएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरिक्षक हरी विष्णु ढकालले बताP । उgले दुर्घटना न्युनिकरण गर्नका लागि जिल्ला ट्राफिक कार्यालयले चालकहरुका लागि सचेतना मुलक कार्यक्रम, चालकको आँखा जाँच, विद्यालयमा नै गएर विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम तथा अन्य विभिन्न कार्यक्रम गरिरहेको बताए ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०