Saturday, 20th June, 2026
वि.स.

सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ

pakarau-1616401073.jpg

कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए ।

प्रहरी निरीक्षक थापाका अनुसार २०५९र११र३० गते स्वारले चलाएको से१त ११४१ नंको ट्र्याक्टरबाट सोही ठाउँका धनिराम डगौराको च्यापिन गई मृत्यु भएको र निज चालक भागी फरार रहेका थिए । 

खोज तलास गर्ने क्रममा निज चालकलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–६ लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०