Tuesday, 16th June, 2026
वि.स.

सलहका दुई वटा झुन्ड फेरि नेपाल प्रवेश गरे

salaha-1594548269.jpg

 आइतबार सलहका दुई वटा झुन्ड नेपाल प्रवेश गरेको छ । सलह सूचना केन्द्रका प्रमुख एवं किट विज्ञ रामकृष्ण सुवेदीले आइतबार बिहान साढे ९ बजे र दिउँसो गरेर दुई वटा झुन्ड दाङमा देखिएको पुष्टि गरे । उक्त झुन्ड धेरै ठूलो नभएर र एक दुई लाखको संख्यामा रहेको सुवेदीले बताए । दिउँसो दाङको राप्ती गाउँपालिकामा सलहको झुन्ड देखिएको हो । दिउँसो देखिएको झुन्ड हाल आकाशतिर उडिरहेका छन् ।

यो झुन्ड भारतको बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको केन्द्रले अनुमान गरेको छ । केन्द्रका प्रमुख सुवेदीले कान्तिपुरसँग भने,ु भारतको उत्तर प्रदेशस्थित बहराइचमा देखिएको झुन्डबाट टुक्रिएर नेपालतिर आएको हाम्रो अनुमान छ ।

केन्द्रले प्रक्षेपण गरेको ठूला झुन्ड नेपाल प्रवेश नगरेको बताएको छ । यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेपछि सलहको झुन्ड नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो ।

दाङमा सलह प्रवेश गरेपछि राप्ती गाउँपालिकाले कृषकहरुलाई खबर गरेर सचेत हुन आग्रह गरेको छ । गाउँपालिकाले कृषि विज्ञ टोली पठाएको अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए । अहिले मकैबारी र धानखेतमा किसानहरुले भाडाको आवाज र आगो बालेर धुँवा निकाल्ने काम गरिरहेको बताए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०