Tuesday, 1st September, 2026
वि.स.

सर्वोच्चको पहिलो महिला न्यायाधीशको निधन

Sushila-Singh-1590216787.jpg

सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीशको सुशीला सिङ शिलुको शुक्रबार निधन भएको छ। ललित्पुरको मेडिसिटी अस्पतालमा उपचारकोक्रममा सिङको निधन भएको हो।

एक सातादेखि बिरामी परेकी ८१ वर्षीय सिङको उपचारका क्रममा उनको निधन भएको हो। नेपाल बार एशोसिएशनकी पूर्व उपाध्यक्ष उषा मल्ल पाठकले पेटमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको र पछि ब्रैन स्ट्रोक भएको जानकारी दिइन्। 

उनी महिलातर्फ पहिलो न्यायाधिश, वरिष्ठ अधिवक्ता र  सर्वोच्च बारको संस्थापक उपाध्यक्ष थिइन्। उनी २०५८ साल वैशाखदेखि २०६३ सालसम्म  सर्वोच्चको न्यायाधीश बनेकी थिइन्। त्यसपछि उनीराष्ट्रिय मानवअधिकार आयोगको सदस्य पनि भएकी थिइन् । १९९६ साल फागुन२२ गते काठमाडौंको पकनाजोल मा उनको जन्म भएको थियो। उनका पति र दुइ छोरा छन्। उनले छोरीको अधिकार, महिला हक, समानता, मानव अधिकार, वैयक्तिक स्वतन्त्र्तामा स्मरणीय फैसला छन्। उनले कानुन व्यवसायका क्रममा असहाय सेवा केन्द्र स्थापना गरी पीडित महिलाको पुनर्स्थापना सहयोगमा समेत जुटेकी थिइन्।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif