Saturday, 20th June, 2026
वि.स.

सरकारी चेकको भुक्तानी अवधि १५ दिन मात्रै

nrb-1612691439.jpg

सरकारी कोषबाट भुक्तानीको  लागि जारी गरिएका चेकको अवधि अब १५ दिनको मात्रै हुने भएको छ ।

सरकारले सरकारी कोषबाट जारी भएका चेकको भुक्तानी अवधि १५ दिनको मात्रै हुने व्यवस्था गरेर राजपत्रमा प्रकाशित गरिसकेको छ ।

राजपत्रमा प्रकाशित भएको व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकले सूचना जारी गरेर सरकारी निर्णय नआउँदासम्म जारी भएका चेकको अवधि ३० दिनको हुने सरकारी निर्णय आएपछि जारी भएका चेकको अवधि १५ दिन मात्रै हुने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि सरकारी कोषबाट जारी हुने चेकको अवधि ३० दिनसम्म रहने व्यवस्था थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०