Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सरकारले नदेखेको पालुङको इन्द्रजात्रा

चर्चामा रहने र सरकारले सार्वजनिक विदा समेत दिने गरेको इन्द्रजात्रा मकवानपुर थाहानगरको पालुङमा पनि मनाइन्छ । यसपालि २० भाद्रमा परेको इन्द्रजात्रा थाहानगरको पालुङमा भव्यताको साथ मनाइएको छ । यद्यपि काठमाण्डौ उपत्यकाको सार्वजनिक विदाले थाहानगरको पालुङलाई छुँदैन ।  पालुङमा मनाइने इनद्रजात्रालाई सरकारले महत्व दिने गरेको छैन । 

यहाँ काठमाण्डौमा जस्तै वर्षा र सहकालका देवता देवराज ईन्द्रको पुजा अरधना गरि ईन्द्र जात्रा मनाइन्छ । प्रत्येक बर्ष भाद्र शुक्ल चतुदर्शीका दिन पर्ने यो पर्व मकवानपुरको पालुङ शहरमा मनाईन्छ । 

पालुङमा पनि तृतीयाका दिन विधिपुर्वक देवतालाई बोकाको भोक दिएर पुजाआज गरि कुमारी, गणेश, सेतो भैरब, काला भैरब ईन्द्रयणीलाई नचाउने चलन छ । स्थानीय पुजारी सम्पुर्ण श्रेष्ठले ईन्द्रायणिको पुजा गरि देवतालाई भित्र्याएपछि अब एकैचोटि गठेमङगलमा मात्र निकाल्न मिल्ने प्रचलन रहेको छ । 

भाद्र शुक्ल द्वादशीका दिन ठड्याएको लिङगोलाई ईन्द्रध्वजोत्थान पनि भनिन्छ । लिङगको फेदमा भैरबको पुजा गरिन्छ । शत्रु पराजय भएपछि विजयको रुपमा ईन्द्रजात्रा मनाईएको हो ।ईन्द्रध्वजको पुजा गरि शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि ईन्द्र जात्रालाई लिइन्छ ।

भीमफेदीमा समयबजी वितरण गर्दै इन्द्रजात्रा मनाइयो

ऐतिहासिक पर्यटकीय स्थल भीाफेदी गाउँपालिकामा परम्परागत धार्मिक रितीरिवाजमा सहित इन्द्र जात्रा मनाइएको छ । भीमफेदी गाउँपालिका वडा नंम्बर ६ गणेशथान टोल विकास समितिको आयोजनामा गरीएको कार्यक्रममा छबेली, बजार, टारगाउँ, सिमलटारबाट आ–आफ्नो घरमा तयारी नेवारी परीकार, समयबजी गणेशथान चौकमा गणेश मन्दिरमा संकलन गरी मृत आत्माको संझनामा विशाषय पुजा अर्चना गरी उपस्थित भक्तजनमा वितरण गरेको हो ।

कार्यक्रममा काठमाण्डौबाट भीमफेदी निवासी जितेन्द्र नकर्मीको नेतृत्वमा भजन टोलीले भक्त जनमा भजन, भक्ती प्रदान गरेको थियो । सो अवसरमा स्थानिय नेवारी बाजाले मन्दिरमा मनोरञ्जन प्रदान गरिएको थियो । अब २१ भाद्रमा येयांपुन्हि (पुर्णीमा) उपलक्षमा गणपती गणेश रथ जात्रा भीमफेदी बजार परक्रिमा गरीने कार्यक्रम छ ।

-सुरेन्द्र थिके/भीमपफेदी