Wednesday, 17th June, 2026
वि.स.

सरकारले ओम्‍नीलाई कालोसूचीमा राख्यो

3-1600074803.jpg

कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्दा घोटला गरेको आरोप लागेको अनियमितमा संलग्न भएको आरोप लागेको ओम्‍नी बिजनेस कर्पोरेशन इन्टरनेसनललाई सरकारले कालोसूचीमा राखेको छ ।

स्वास्थ्य सेवा विभाग, टेकुले सोमबार सार्वजनिक सूचना जारी गर्दै एक वर्षका लागि  ओम्नीलाई कालोसूचीमा राखेको हो। 

विभागले ओम्नीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री कबुल गरेबमोजिम समयमा ल्याउन नसकेको भन्दै ठेक्का रद्द गरेको थियो ।

विभागले गत चैत १९ गते ओम्नीसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द गरेर नेपाली सेनालाई जिम्मा दिएको थियो। तर सेनाबाट भएको खरिद डिल पनि विवादित भएपछि सेना आफै पछि हटेको थियो। सरकारबाट जिम्मा पाएको झन्डै दुई महिनापछि सेनाले बजार मूल्यभन्दा महंगोमा समान भित्राएपछि त्यसको मूल्य र गुणस्तरमाथि प्रश्‍न उठेको थियो।

सेनामार्फत भएको सबा दुई अर्बको खरिद प्रक्रिया विवादित भएपछि सरकारले मेडिकल सामग्री खरिदका सबै काम स्वास्थ्य मन्त्रालयमार्फत गर्ने निर्णय गरिसकेको छ। कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर(सिसिएमसी) को बैठकले असार ५ गते यस्तो निर्णय गरेको हो।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०