nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सरकारको व्यवसायी नीतिप्रति सन्तुष्ट छैन : न्यौपाने

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेसँग गरिएको कुराकानी ।

  • हाल समग्र मकवानपुर जिल्लाको व्यवसायिक क्षेत्रको अवस्था कस्तो पाउनु भएको छ ?

केही समय अघिको भन्दा सुध्रदो अवस्थामा छ । लोड सेडिंग, मजदुरहरुको समस्या चाही छन् । यसलाई समेत सुधार गर्दै गरेको अवस्था पनि छ । समग्रमा सन्तोषजनक नैछ ।

  • मकवानपुर उद्योग वाणिज्य संघले व्यवसायी र सरकारको नियमन निकायमा कस्तो भूमिका निर्वाह गरिरहेको छ ?

उद्योगमैत्री वातावरण तथा उपभोक्तको अधिकारकोसमेत सम्मान गर्दै नीतिनियम अनुसार हुनुपर्छ भन्ने मान्यताका साथ उद्योग वाणिज्य संघ अघि बढीरहेकोछ । हाल मकवानपुरलाई औद्योगक जिल्लाको रुपमा परिचित गराउने तर्फ सरोकारवाला निकायका बीच समन्वय समेत गरिरहेको जानकारी गराउन चाहन्छु ।

  • सरकारले समय समयमा नीति नियममा परिवर्तन पनि गरिरहेकोछ, परिवर्तित नीति नियम व्यवसायी सम्म पुर्याउन के भूमिका निर्वाह गरिरहनु भएकोछ ?

मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न समयमा सरकारका नीति तथा योजनाले विद्यमान कानूनमा हेरफेर, परिवर्तन गरेको सन्दर्भमा संघले आफ्ना सदस्यहरुलाई विभिन्न छलफल, अन्क्र्रिया गर्ने गरेकोछ । तेसै गरी मोबाईल एसएमएस, संघको वेबसाईट, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यम, बजार क्षेत्रमा माईकिंग समेत गरेर सचेतना गराउने काम समेत संघले गर्दै आईरहेको छ । यसै गरी संघको यस कार्यका लागि मात्रै छुट्टै शाखा समेत छ । यस शाखाले यी सबै कार्यक्रमहरु हेर्ने गरेको अवगत गराउन चाहन्छु ।

  • मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध सदस्यहरुका लागि के सुविधा हुन्छ ? वा भनौं संघको सदस्यता किन लिने ?

धेरै राम्रो प्रश्न गर्नुभयो । संघका सदस्यहरुका लागि राजश्व कार्यालयमा हेल्प डेस्क, व्यवसायी हित कोष, लगायत व्यवसायी तथा व्यवसायिक प्रतिष्ठानको सुरक्षाको लागि केही दिन पछि नै वीमाको व्यवस्था गर्ने योजना छ । व्यवसायीहरुका लागि उनीहरुको व्यवसायिक क्षमतामा बृद्धिगर्नका लागि विभिन्न तालिम, गोष्ठी, अन्तत्र्रिmया समेत गर्छ ।यसै गरी व्यवसायीलाई परेको समस्यालाई सके आफै पहल गरिदिने तथा समस्यालाई सम्बन्धित निकायमा पुर्याउने गरिहेकोछ । र संघले सदस्यहरुका लागि निशुल्क विभिन्न तालिम समेतको आयोजना गर्ने गर्दछ ।

  • मकवानपुर उद्योग वाणिज्य संघमा सम्मिलित सदस्यले संघको नीति नियमलाई कत्तिको पालना गरेको पाउनु भएको छ ?

मैले अध्यक्षको जिम्मेवारी पाएदेखि संघका सदस्यज्यूहरुले संघको नीतिनियम पूणरुपले पालना गरिरहनुभएको अनुभव गरेकोछु ।

  • तपाई संघको नेतृत्वमा आएपछि व्यवसायीका हितमा के परिवर्तन गर्नु भयो ?

म यस संघको नेतृत्वमा आएपछि रातदिन यसैको विकास, संघको आत्मनिर्भरताका लागि नै लागि परिरहेकोछु । व्यवसायी हित कोषको शुरुवात , व्यवसायीका लागि संघकै पहलमा व्यवसाय वीमाको लागि पहिलो चरणको कार्य सकिसकेको छ । यसै गर िसरकारी, गैर सरकारी निकायसँग समन्वय गरी व्यवसायिक हितका विभिन्न कार्यक्रमहरुको पनि शुरुवात गरिसकेकोछु । यसैगरी कम्पनी ऐन अनुसारका व्यवसायिक प्रतिष्ठानको दर्ता, नविकरण लगायतका कामहरुमा संघ मध्यस्त कर्ता भई हेटौंडाबाटनै यी कामहरु गर्ने वातावरण समेत बनिसकेको अवगत गराउन चाहन्छु ।

  • संघसंस्था भएपछि राजनैतिक दवाब, प्रभाव र निजी स्वार्थ समेत देखिन्छ, तपाईलाई त्यस्तो अनुभव पनि भएकोछ वा छैन ?

छैन । मैले कुनै राजनीतिक दलको दवाब झेल्नु परेको छैन ।

  • हाल विद्यमान सरकारको व्यवसायी नीतिमा तपाई एक कुशल व्यवसायी भएको नाताले सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट छैन । नेपाल जस्तो मुलुकमा भन्सार नीति, न्युनविजकीकरणको समस्याको कारणले सरकारी नीति प्रभावकारी छैन भन्न सकिन्छ । भन्सार कर जोगाउन बजार भाउ भन्दा निक्कै कम मूल्य देखाएर आयात गरेतापनि भन्सारले केही गर्दैन, तर त्यही सामानलाई आयातकर्ताले बजार भाउ अनुसार स्वदेशी उद्योगीलाई बेच्छ । स्वदेशी उद्योगीले परल मूल्यमा २÷४ प्रतिशत नाफा खाएर बेच्नै पर्यो । यही विषयमा सरकारले यहाका व्यवसायीलाई भन्सारको मूल्यसँग भजार भाउको मूल्य तुलना गर्छ र व्यवसायीलाई कालाबजारी गर्यो भन्दै कार्वाही गर्छ । तपाई आफै भन्नुस्, भन्सारबाट यता आउदै अनुगमन गर्नु पर्ने होईन ? अर्को कुरा, सरकारी स्वामित्वको औद्योगिक क्षेत्रमा कुनै व्यवसायीले व्यवसाय गर्नु परयो भने, औद्योगिक क्षेत्रमा रहेको उद्योगको आधारमा कुनै पनि बैंक, वित्तयि संस्थाले ऋण प्रवाह नै गर्दैन । व्यवसायीले आफ्नै सम्पत्ति धितो राख्नु पर्छ । औद्योगिक क्षेत्र भित्र रहेको उद्योगलाई विश्वास नै गरेको देखिदैंन । तर त्यही व्यवसायी कसैको निजी जमीनमा १० बर्षको सम्झौता गरेकोछ भने, बैंकहरुले विश्वास गर्छ । अब भन्नुस सरकारी स्वामित्वको जग्गामा बैकले समेत विश्वास गरेको देखिदैन ।

  • सरकारले देशको आर्थिक उन्नति गर्न के गरिदिए हुन्थ्यो भन्ने लाग्छ ?

सरकारको आर्थिक नीति पहिला स्पष्ट हुनु पर्यो । स्वदेशी उद्योगीलाई छुट सहितको उद्योग खोल्ने वातावरण बनाउनु पर्यो । त्यसै गरी कोही उद्योगी व्यवसाय गर्न चाहन्छ भने, सहुलियत व्याजदरमा ऋण दिने व्यवस्था हुनुपर्यो ।

  • देशको क्षेत्रगत हिसाबले सबैभन्दा ठूलो औद्योगिक क्षेत्रलाई सरकारले प्राथमिकतामा नराखेको र व्यवसायीमैत्री नरहेको गुनासोछ , के यो सत्य हो ?

वास्तवमा यो कुरा सत्य नै हो । ठूलो आद्योगिक क्षेत्र भन्नेछ, तर, यहा पर्याप्त विद्युत, पानी छैन । भौतिक संरचना, सडक पुरानो र जीर्ण छन् । मैले अघि पनि भने, यहाँको व्यवसायीले ऋण लिनु पर्यो भने आफ्नै जग्गाजमीन राख्नु पर्छ । अनि कसरी प्राथमिकतामा राखेको भन्न मिल्छ ?

  • देशमा यूवा बेरोजगार बढीरहेको छ, के भन्नुहुन्छ ?

यो त सरकारकै कमजोरी हो । नयाँ नयाँ उद्योग खोल्न सजिलो बनाई दिने हो भने युवा नै मालिक, युवानै मजदुर हुने वातावरण हुन्थ्यो । अहिले युवाहरुले नै कृषिमा नयाँनयाँ काम गरिरहेका छन् । पर्यटन क्षेत्रमा पनि उत्तिकै अवसर छ । विदेशमा गर्ने दुख स्वदेशमा गर्ने होभने, यही नै आफूलाई अब्बल बनाउन सकिन्छ भन्न चाहन्छु ।

  • व्यवसायिक क्षेत्रमा आउने नवप्रवेशीलाई के भन्नुहुन्छ ?

व्यवसाय क्षेत्रमा आउन चाहने जो कोही हुनुहुन्छ भने, पहिला तपाई जुन व्यवसाय गर्दै हुनुहुन्छ, त्यसको बारेमा र सरकारको नीति नियमको जानकार हुनै पर्छ । कामदार, मजदुर राख्छु, मैले किन जान्नु पर्यो भन्ने धारणा छ भने त्यसले व्यवसायमा घटा पर्छ । काम गर्न समेत गाह्रो हुन्छ । त्यसैले पहिले आफू जानकार हुनुपर्यो भन्न चाहन्छु । अर्को कुरा, व्यवसाय गर्ने प्रवल इच्छा छ, केही सुझाव, सल्लाह लिन चाहनु हुन्छ भने मकवानपुर उद्योग वाणिज्य संघ सदैव तपाईको साथमा रहन्छ भन्न चाहन्छु ।

  • यस क्षेत्रको चुनौतिहरु के के पाउनुहुन्छ ?

यस क्षेत्रको लगानी अझै सुरक्षित हुन सकेको छैन । स्वदेशी उद्योगले विदेशी, बहुराष्ट्रिय कम्पनीसँग प्रतिष्पर्धा गर्नु परेकोछ । लोड सेडिंगको कुरा त सबैलाई अवगत भएकै कुरा हो । उद्योग कलकारखानामा विभिन्न बन्द हडतालले पनि चुनौति थपेकोछ ।
१४. मकवानपुरको व्यवसायिक क्षेत्रलाई प्रभावकारी बनाउन मकवानपुर उद्योग वाणिज्य     संघको आगामी लक्ष्य के के रहेको छ ?
हाम्रो आगामी लक्ष भनेको मकवानपुरमा आउदै गरेको नया औद्योगिक क्षेत्रलाई हाल भैरहेको औद्योगिक क्षेत्रको समस्यालाई विचार गरी भविष्यमा यस्ता समस्या नयाँ औद्योगिक क्षेत्रमा नआओस भनी यस काममा लागि परेकोछ । नयाँ औद्योगिक क्षेत्रमा स्वदेशी तथा विदेशी कम्पनी भित्र्याउन पहल गरिरहेकाछ । मकवानपुरलाई लोड सेडिंग मुक्त जिल्ला बनाउने हाम्रो अभियानलाई निरन्तरता दिई रहेकाछौं ।यसै गरी मकवानपुरमा लगानीमैत्री वातावरण बनाउन संघको योजना नेपाल सरकारलाई पेश समेत गरेकाछौं ।

  • अन्तमा व्यवसायीहरुका लागि केही सन्देश छ ?

अन्तमा मकवानपुरमा कृषि र पर्यटन दुबैमा राम्रो अवसर छ, यस तर्फ समेत सोच्न आग्रह गर्दछु । व्यवसायीहरुको हकहितमा नै संघ रहेको हुनाले तपाईहरुका गुनासा, समस्या र सल्लाह केही छन् भने हामी त्यसको सम्मान गछौं र आगामी दिनमा मकवानपुर उद्योग वाणिज्य संघलाई अझ प्रभावकारी रुपले व्यवसाय प्रबद्र्धनमा कोसेढुंगा बनाउन सबै मिली एक जुट होऔं भन्न चाहन्छु र तपाईको यस सञ्चार गृहलाई मेरो र उवासंघको विचार राख्ख्ने मौका दिनु भयो त्यसका लागि धन्यवाद भन्न चाहन्छु ।