Monday, 15th June, 2026
वि.स.

समृद्धिकालागि स्वास्थमा पहुँच आवश्यक –प्रमुख खुलाल

मकवानपुर–जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले राष्ट्रले लिएको लक्ष्य “सुखी नेपाली समृद्ध नेपाल” निर्माणका लागी स्वास्थमा आम नागरिकको पहुँच पुग्न आवस्यक रहेको बताएकाछन् । स्वास्थ्य कार्यालय हेटौंडाले आयोजना गरेको २०७५÷०७६ को क्षयरोग/कुष्ठरोग कार्यक्रमको तेस्रो त्रैमासिक गोष्ठि तथा समग्र स्वास्थ्य वार्षिक समिक्षा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख खुलालले समृद्धिकालागि स्वास्थ्य महत्वपुर्ण रहेको बताएका हुन् । 

उनाँले सुखि नेपाली समृद्ध नेपाल निर्माणकालागि सबैको सहकार्य आवश्यक रहेको बताए । सबैको पहलबाट नेपाल एउटा नयाँ प्रणलीमा प्रवेश गरेको भन्दै प्रमुख खुलालले यसको संस्थापनमा  सबै लाग्नु पर्ने बताए । मुलुक नयाँ संरचनामा प्रवेश गरेकाले केहि केहि कुरामा तालमेल नमिलेको जस्तो देखिएको भन्दै जसले गर्दा समाजमा समेत केहि असन्तुष्टि जस्तो देखिएको तर, त्यसलाई सुधार गर्दै जानु पर्ने धारणा राखे । समाज नकारात्मकत्ता तर्फ उन्मुख भएको प्रति उनले चिन्ता समेत व्यक्त गरे । 

स्वास्थ्यका क्षेत्रमा थुप्रै चुनौतिहरु रहेको भन्दै प्रमुख खुलालले स्वास्थय क्षेत्रको सुधारमा तदारुक्ताका साथ लाग्न आग्रह समेत गरे । स्वास्थय कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रणय कुमार उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारी, हेटौंडा अस्पतालका निमित्त प्रमुख राजु सेँढाई, किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्रका प्रमुख यदुचन्द्र घिमिरेलगायत मकवानपुरका १० वटै स्थानीय तहका स्वास्थ संयोजकहरुको सहभागिता रहेको छ । मंगलबार र बुधबार दुईदिन संचालन हुने कार्यक्रममा विभिन्न स्वास्थय सम्बन्धी कार्यक्रम प्रभावकारी बनाउने विषयमा योजना निर्माण गर्नुका साथै अन्य योजनाहरु तयार पारिने बताईएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०