Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

समुन्नती परियोजनाको सार्वजनिक परिक्षण

मकवानपुर महिला समूहद्वारा सञ्चालित समुन्नती परियोजनाको सामाजिक लेखा परिक्षण गरिएको छ । कार्यक्रम मकवानपुर महिला समूहले दातृ निकाय आईरिस एड र एक्सन एड नेपालको सहयोगमा आयोजना गरेको हो ।

कार्यक्रममा मकवानपुर महिला समूहकी कार्यक्रम संयोजक निशा लामाले प्रगति प्रतिवेदन र समुन्नती परियोजनाकी लेखा अधिकृत निर्जला पौडेलले आर्थिक विवरण प्रस्तुत गरेकी थिईन् । सन् २०१६ देखि २०२१ सम्म सञ्चालन हुने परियोजनाअन्तरगत सन् २०१८ को कूल बजेट ३९ लाख २७ हजार १९ रुपैंया रहेको थियो ।

कार्यक्रम तीन नम्बर प्रदेशकी सांसद मुनु सिग्देलको प्रमुख आतिथ्य तथा मकवानपुर महिला समूहकी सचिव सावित्री लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, मनहरी गाउँपालिकाका ३ नम्बर वडा अध्यक्ष मानबहादुर स्याङ्तान, गैरसरकारी संस्था महासंघका मकवानपुर अध्यक्ष कृष्ण धिताल, आरती पाठक, माईती नेपालकी मकवानपुर संयोजक मायाँ लामा लगायतको आतिथ्य रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०