Monday, 15th June, 2026
वि.स.

सभा, सम्मेलन, मेला, महोत्सव नगर्न जिल्ला प्रशासन मकवानपुरको निर्देशन

DAO-Mk-1583424211.jpg

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सभा, सम्मेलन, मेला, महोत्सव, सप्ताह तथा अन्य कुनैपनि सार्वजनिक कार्यक्रम नगर्न निर्देशन दिएको छ । विश्वका ८० भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै यस्तो निर्देशन दिइएको जनाएको छ । 

२२ फागुनमा हेटौंडामा बसेको सर्वपक्षीय बैठकले अर्को सूचना जारी नभएसम्मको लागि सभा, सम्मेलन, मेला, महोत्सवलगायतका मान्छेको भीड हुने कुनै गतिविधि नगर्न निर्देशन दिएको हो । बैठकले जिल्लाबासीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ ।

बैठकमा बागमती प्रदेशको प्रदेशसभा सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, विभिन्न राजनैतिक दलका प्रतिनिधी, सञ्चारकर्मी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।