Tuesday, 16th June, 2026
वि.स.

सप्तरीमा ३ जनाको मृत्यु, कोरोना संक्रमणको आशंका

death-123-1596621421.jpg

कोरोना संक्रमितमा देखिने लक्षण देखिएका तीनजनाको सप्तरीमा मृत्यु भएको छ।वैदेशिक रोजगारको क्रममा मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एकजना र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको हो।

४५ दिन पहिले मलेसियाबाट आएका सप्तरीको रुपनी गाउँपालिका वडा नं. ५ गढियाका ४५ वर्षीय पुरुषलाई मंगलबार एक्कासी ज्वरो आएको र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि धरान पठाइएकोमा मंगलबार राति नै बाटोमै मृत्यु भएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रञ्जित झाले जानकारी दिए।

त्यस्तै निजी अस्पतालमा उपचार गराइरहेका अन्य दुई जनाको मृत्युबारे आफूलाई विस्तृत जानकारी नरहेको मेसु डा. झा बताए।

मृतक तीनै जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको मेसु झाले बताए। लक्षण देखिएका ४५ वर्षीय पुरुषको मृत्यु भएपछि उनका परिवारले शव घर लगेपनि पछि अस्पतालले स्थानीय प्रशासनलाई खबर गरेपछि शव प्रहरीले आफ्नो जिम्मामा राखेको छ।

त्यस्तै निजी अस्पतालमा मृत्यु भएका दुई जनामध्ये एक जनाको शव अस्पतालमा रहेको र अर्का एकजनाको शव अस्पतालले आफूहरुलाई जानकारी नदिई परिवारको जिम्मा लगाएको र प्रशासनकै सहयोगमा उनको शवसमेत प्रहरीकै जिम्मामा राखिएको मेसु डा. झाले बताए।

सप्तरीमा अहिलेसम्म कोरोनाको कारण एकजनाको मृत्यु भएको छ भने अहिले जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०