nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सञ्चारिका सूमह प्रदेश अध्यक्षमा सरिता दाहाल

सञ्चारिका समूह ३ नं. प्रदेश शाखा अध्यक्षमा मकवानपुरकी सरिता दाहाल चुनिएकी छन् । क्रियाशिल महिला पत्रकारहरुको छाता संगठन सञ्चारिक समूह प्रदेश शाखाले अध्यक्षमा दाहाललाई आइतबार हेटौंडामा भएको बैठकले चुनेको हो । दाहाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्षसमेत हुन् ।

प्रदेश सञ्चारिक समूहमा उपत्यका बाहिर १० जिल्लाका क्रियाशिल महिला पत्रकारहरुको मात्रै उपस्थिति छ । समूह उपाध्यक्षमा चितवनकी सविता श्रेष्ठ, महासचिवमा धादिङकी गायत्री खतिवडा, सचिवमा रामेछापकी शान्ति श्रेष्ठ र कोषाध्यक्षमा मकवानपुरकी नानीमैया विष्ट चयन भएकी हुन् ।

समूहको सदस्यमा सिन्धुपाल्चोककी उमा केसी, नुवाकोटकी जमुना गजुरेल, काभ्रेकी रमा दहाल, दोलखाकी गायत्री आर्चाय, रसुवाकी सरस्वती न्यौपाने, चितवनकी समिक्षा पुरी र सिन्धुलीकी विमला पण्डे चयन भएका हुन् । अध्यक्ष दाहालले सञ्चारिक समूह प्रदेश शाखाले महिला पत्रकारहरुको क्षमता विकास र अभिवृद्धि गर्ने बताइन् ।